खै कता छ अनुगमन ?

हरि पूर्व निरौला 
हरे शिव मेरो देशको राजधानीमा त हालत यस्तो छ तब सडक नै राम्रो विस्तार न भएको हुम्ला जुम्लाको बारेमा के भनुँ म ?
विगत केही समय यता काठमाडौं महानगरका गल्ली मोहल्लामा खाने पानीको लागि पाइपलाइनको काम भइरहेको छ, यो कुरा सबैलाई थाहा नै छ। यसमा जनता त खुसी नै हुने भए अब निरन्तर पानी आउने भयो भनेर विशेष रूपमा घरका गृहिणीहरु प्रफुल्लित भएर चोक तथा छेउछाउका पसलमा भेला भएर खाने पानी आउने भयो अब राम्रो हुन्छ मजाले उपभोग गर्न पाइने भयो भनेर कुराकानी गरिरहेका हुन्छन्। यो राम्रो कुरा हो हामी सबैलाई पानीको आवशयकता नै हुन्छ र मानव जीवनको अपरिहार्य कुरा पनि हो स्वच्छ पिउने पानी ।

अब कुरा आयो ठेकेदार कम्पनीको अन्यथा नदिइदिनु होला देखेकेको भोगेको कुरा लेख्दै छु त्रुटिहरू विचार गरी सुधार तर्फ अगाडि बढ्नु होला। काठमाडौं महानगपालिकाका विभिन्न वार्डमा विभिन्न कम्पनीको ठेक्का छ काम पनि भइ रहेको देख्न सकिन्छ। यही काम हुने क्रममा विभिन्न ठाउँमा सडकमा पारिएका खाल्डाहरु ६ महिना बितिसक्दा पनि पूर्ण रूपमा अनुगमन नभएको र सडक पुनःनिर्माण नभएको कारणले गर्दा आउँदै गरेको बर्खाको समयमा विभिन्न घटनाहरू निम्तिने खतरा देखिएकोले गर्दा सबै कार्यवाहक कम्पनीको आफ्नो कर्तव्य भित्र पर्न जाने र आफूले काम गरेको क्षेत्रमा  माथिल्लो स्थरबाट अनुगमन गरी उचित रूपमा देखिएका र अलपत्र पारी छोडिएका कार्यहरु तत्कला पूरा गरिदिनु हुन यो लेख मार्फत एउटा देशभक्त नागरिकको अनुरोध छ। जो सुकै होस् जस्तो सुकै होस् समस्या भनेको त मानव जीवन मै पर्ने हो आज मलाई पर्ला भोलि तपाईंहरूलाई पर्दछ भन्ने कम्पनीवालाहरुलाई पनि हेक्का रहोस्।

अर्को तर्फ सरकारका अंगहरू बीचमा पनि कुनै सम्मन्वय नभएको जस्तो देखिन्छ। किनकि खानेपानी आउँछ बाटोमा पाइपलाइन बनाउँछ फेरि अर्को हप्ता विद्युत आउँछ underground गर्ने भनेर फेरि खन्छ त्यसको केही समयपछि सडक विभाग आउँछ ढलको काम गर्नु पर्यो भन्छ फेरि खन्छ यो त जनतालाई सास्ती जस्तै भएन र ? विकाशको वाहनामा ? के यो काम ती तीनवटै निकायको समाजस्यता मा हुन सक्दैन र? किन एउटै खर्चमा हुने काम ३ पटक गर्ने सरकार को दूरदृष्टि कता छ? खाली ढुकुटी रित्याउन मात्र जानेर भएन सरकार बचाएर विदेशी ऋण कसरी घटाउने त्यता तर्फ पनि सोच्ने बेला भएको छ। यो त महानगर को मात्र कुरा भयो देश भरी कै अनुगमन गरी यो पद्दतिबाट अगाडि बढ्न सके हाम्रो करको पैसाले पनि उचित सम्मान पाउँथो की ? थोपा थोपा गरेर समुन्द्र बन्छ भन्छन् गरेर हेरुम्न,कत्रो समुन्द्र बन्दो रहेछ ५ वर्ष भित्र मा ? एकिकृत विकास प्रणालीका बारेमा गम्भीर हुन जरूरी छ ।

यो त खानेपानी, विद्युत, अनि ढल निकास सम्बन्धी मिल्दोजुल्दो काम भएर छलफल गरी अगाडि बढ्नु राम्रो हुने देखियो। यस्ता कयौ मिल्दा जुल्दा काम होलान् जो एउटै खर्चमा पर्न आउँछन् त्यस्ता कामहरूको पनि अनुगमन गरी अगाडि बढाइयोस् सरकार। सबैसंग कुरा गरेर हातेमालो गरेर अगाडि बढाउने प्रविधिको विकास होस् कमिसन र कम्पनी पोस्ने मात्र काम न होस जन सेवाका कार्यमा ढिलाइ हुनु आफ्नो कर्तव्य बाहिर हो भन्ने कुरा सरकारमा रहेका सबैलाई चेतना भया। अनि प्रत्येक दिन हिड्ने सडक कहाँ के छ अनुगमन गर्ने दायित्व वार्ड सदस्यहरुको पनि हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *