What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बाजुराको बिछिया केन्द्रबिन्दु भएर गयो भूकम्प
काठमाडाैं। बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।
बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटक पटक भूकम्प गएको थियो। यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ। नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। – रासस






