गुल्मीमा कित्ताकाट खुलाउने पहिलाे स्थानीय तह छत्रकोट गाउँपालिका

जग्गा कित्ताकाट खुला भएसँगै छत्रकाेट गाउँपालिका बासीले आजदेखि जग्गा सम्बन्धी काम गर्न पाउने भएका छन्।

गुल्मी । छत्रकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ। गाउँपालिका क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको गाउँपालिकाले जनाएकाे छ ।

अब यस स्थानीय तहमा भू उपयोग नियमावली २०७९ मा भएको व्यवस्था बमोजिम जग्गा १० किसिममा बर्गीकरण गरी जग्गाधनीको लालपुर्जा संसोधन तथा कित्ताकाट हुने भएको छ । छत्रकोट गाउँपालिका भू उपयोग क्षेत्र बर्गीकरण गर्ने जिल्लामा पहिलो स्थानीय तह बनेको छ ।

छत्रकोट गाउँपालिकाको भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड, २०८० हेर्नुहाेस् 

गाउँपालिकाले भू उपयोग क्षेत्र सम्बन्धी मापदण्ड २०८० र छत्रकोट गाउँपालिकाको भू उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी कार्यविधि, बनाई भू उपयोग नक्सा तथा प्रत्येक वडाको बर्गीकरण गरी कित्तागत विवरण समेत सार्वजनिक गरेको हो ।

यसै विषयमा मालपोत कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै यस गाउँपालिका अन्तर्गतका वडामा बसोबास गर्ने जग्जाधनीले कित्तागत विवरण र बर्गीकरण स्पस्ट रुपमा खुल्ने गरी सिफारिससहित मालपोत कार्यालयमा स्वयं जग्गाधनी उपस्थित भई जग्गाधनीकाे पूर्जा संसोधन हुने सूचना जारी गरेको हो ।

बिगत लामो समयदेखि जग्गाधनीको लालपुर्जा संसोधन तथा कित्ताकाट रोकिएकोमा प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन भन्नु हुन्छ ‘जनप्रतिनिधीहरुको समन्वय तथा प्राविधिकको खटाई र आम छत्रकोटबासीले पाएको दु:ख प्रति उत्ररदायी बनेकोमा यो कार्य समयमै सम्पन्न गर्न सकिएको हाे।’   गाउँपालिका अध्यक्ष  समेत अब आम छत्रकोटबासी जग्गा बर्गिकरण एउटा सिस्टममा गएको र यस कार्यले छत्रकोटलाई व्यवस्थित बनाउदै लैजाने बताउनुभयाे ।

घरजग्गा कारोबार सुस्ताउँदा ठूलो रकम फसेर पुँजी अभाव भएको भन्दै सरकारले गत बैशाखमा कित्ताकाट खुला गर्ने निर्णय गरेकाे थियाे ।  भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९’ स्वीकृत गरी कित्ताकाटमा सहजीकरण गरेको हाे ।

नयाँ व्यवस्थाले अंशबन्डा, कित्ताकाट र घरजग्गा कारोबारमा सहजीकरण हुने अपेक्षा छ । नियमावलीमा भूमिलाई विभिन्न १० प्रकारमा विभाजन गर्ने व्यवस्था गरिएको छ । भूमि मन्त्रालयले कित्ताकाट सहज बनाउन २३ मंसिरभित्र आफ्नो क्षेत्रमा पर्ने जग्गालाई कम्तीमा कृषि र गैरकृषि भूमिमा वर्गीकरण गर्न स्थानीय तहलाई पत्राचार गरेको थियो ।

यस्ताे छ छत्रकोट गाउँपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *