भारत भ्रमणबारे यस्तो छ प्रधानमन्त्री दाहालको ‘ब्रिफिङ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्।

भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणा उपलब्धीमूलक भएकाे बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

दाहालले भारत भ्रमणले जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने बलियो सहमति बनेको पनि बताए । उनले जलविद्युत् आयोजनामा लगानी भित्र्याउने गरी महत्त्पूर्ण सहमति भएको बताए।

“विभिन्न जलविद्युत आयोजनामा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाईनलगायतका संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारततर्फ उर्जाको दिर्घकालिन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने विषयमा पनि भ्रमणमा छलफल र केहि महत्वपूर्ण सहमति भएको छ,” दाहालले भने।

यससँगै बाङ्लादेश बिजुली निर्यातका लागि बाटो खुलेको पनि उनले बताए। “दीर्घकालिन उर्जा व्यापार र भारतीय भूमि हुँदै बाङ्लादेशसम्म नेपालबाट जलविद्युत निर्यातको शुरूआत गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ,” दाहाले भने, “भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ। उर्जा व्यापार सम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिन मात्र बाँकी छ, जुन छिटै हुँदै छ।”

भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ब्रिफिङ’:

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *