हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
के साँच्चै नेपाल भारतको गुलाम नै हो त ?
हरि पूर्व निरौला, इलाम
मेरो प्रश्न यो देशको ढुकुटीमा राज गर्दै देशको अस्मितामा आँच आउने तथा देशको परिचय भूगोल मै हस्तक्षेप हुँदा पनि पानीमा पसेको मुसो जस्तो भएर बस्ने भारतीय दलाल नेताहरुलाई हो।
कति न के गर्छौ निरंकुश राजतन्त्रको अन्त्य पछि नेपाललाई सिंगापुर बनाउँछौ भनेर आम जनतामा भ्रमको बीउ छरेर यत्रो राज्यमा अस्थरिता ल्याउने काम गरियो, निमुखा जनताको वर्षौं दु:ख गरेको सम्पत्ति लुटियो, निर्दोष दिदीकहिनीको अस्मिता लुटियो, ना बालकको मुखबाट दुध छिनियो सिरबाट बाबुआमाको छत्रछायाँ हरण गरियो। शिक्षाको ज्योति छरिरहेका शिक्षकको बाँधेर निर्मम हत्या गरियो। पूर्व संस्कार संस्कृतिको जगेर्ना गर्ने गुरु पुरोहित विद्वान पण्डितको निर्मम हत्या गरियो। थुक्क धिकार छ तिमीहरुको जीवन। नत कसैले केही पाए रुने रोही रहेका छन् अहिले पनि उराल्ने र होच्याउने तिमीहरु अकुत सम्पतिको मालिक भएर त्यही भारतीय विस्तारवादको नारा लगाउँदै अहिले आएर गुलाम भयौं धिक्कार छ तिमीहरू र देशको इज्जतमा दाग लगाउने कुलङ्घारहरुलाई।
हुँदा हुँदा अब त भारतले नेपाललाई एउटा मित्र राष्ट्र मानेर एउटा राज्यको रूप हेर्ने गरेको प्रष्ट नै भई सक्यो किन की नेपालका सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणमा स्वागत गर्नको लागि राज्यन्त्री हवाइ मैदानमा देखिनु। अरे भाई भारतले कुरा न बुझेको हो कि हाम्रा नेताको कारणले हामीले आफ्नो इमान गुमाएका हौ विचार गर्ने समय आइसक्यो… नेपालको एउटा राष्ट्र प्रमुख आफ्नो देशका केही उच्च पदस्थ मन्त्रीको साथमा भ्रमणमा हुँदा भारतले गर्ने व्यवहार त्यही हो ? हाम्रा नेताको इज्जत त्यति मात्र हो अन्तर्राष्ट्रिय जगतमा? विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा हुर्किएका हामी गोर्खाली वीर जब भारतको भूमिमा ब्रिटेन शासकले दमन गरी रहेको थियो त्यो अवस्थामा उसको भूमिमा निरंकुश लडेर भारतको साख बचाएका नेपाली र नेपाल प्रतिको सम्मान यही हो भारत ले गर्ने?
हुँदा हुँदा अब त लुम्बिनी र कपिलवस्तु शामिल एउटा नक्शा नै उसको संसद भवनको भितामा राखी सक्यो भारतले यति कुरा बुझोस् त्यो समय नेपालीको सहयोग नभएको भए त्यसको अखण्ड भारत आजका दिनसम्म आइपुग्दा चिनो बानो रहने थिएन। ती सब कुरा भुलेर आइलेका प्रधान्त्री नरेन्द्र मोदीको विस्तारवाद र अखण्ड भारतको नीति अनुरुप नै उनको पहिलो शासनकाल मै छिमेकी मुलुकहरु विभिन्न वाहनमा पटक पटक भ्रमण गरी त्याहाका नेता र राष्ट्रप्रमुखको खुबी कति छ के छ मैले दबाउन सक्छु सक्दिन भन्ने कुरा बुझेर नै यो सब कदम अगाडि बढाएको प्रष्ट देखिन्छ। भारतले जे भने जे गरे जस्तो स्पष्टीकरण दिए पनि निकट भविष्यमा भारत नेपालको लागि धेरै खतरा छ कुटनीतिक सम्बन्ध धेरै नी पेचिलो बन्ने पक्का छ। यसमा नेपालका शासकहरू दूरदर्शी हुनु अत्यन्त जरुरी देखिन्छ।
भारतको हेपाहा प्रवृत्ति खुलम खुल्ला सबैलाई थाहा भई सक्यो। हिजो देशका गणमान्य पत्रकारहरु भारतीय पुलिस र कर्मचारीले अभद्र व्यवहार गरी रहँदा चुपचाप बसी रहनु परेको अवस्था छ। जब भारतको कोई पनि नेपाल आउँछ तब कसैलाई रोक टोक हुँदैन भने नेपाल लाई किन यस्तो?
भारतमा रहेको राजदूतावासका कर्मचारी पनि भारतकै गुलाम हुन भन्दा केही फरक न पर्ला किन त्यस्तो अवस्था आयो किन पत्रकारलाई अनुमतिको बेबस्था गरिएन? के हामी सबैको ईज्जत एउटै हैन त? यसमा कसको कमजोरी हो किन यस्तो भयो सबैको नजले नजर अन्दाज गरी उचित कदम समय मै चालिनु पर्दछ फेरि यस्तो गलती न होस् हामीमाथि।
अब देशको चौथो अंगको अपमान सहन गरेर बस्ने की कहा कसको गलती हो कलम ले दिने हो दनक त्यो त संबंधित निकायलाई थाहा होला नै।
कुरा के गर्नु जहाँ जानको लागि सफत खाएको दिनबाट नै नेताहरु आतुर हुन्छन् तर त्यहाँ आफ्नो इज्जत हुँदैन भन्ने कुरा बिर्सिन्छन्। त्यस्तै हो भने किन जानु आफ्नो अस्मिता नी गुमाएर विदेश भ्रमण यही को माटोमा श्रम गर पसिना बगाउ अनि आफै निहुरिने छन् अराजक छिमेकी सदै बटुको बोकेर भिख मागेर नै यस्तो दिन देख्नु परेको हो। कैले लाग्ला महाशयहरु को घैंटोमा घाम?
जस्तो जे भए पनि भारतले निकालेको यो नयाँ नक्शा तुरुन्त सच्चाउनको लागि नेपालले कडा कदम अगाडि बढाउनु जरुरी छ। सबैको ध्यान जाओस्।