बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्छौं: नरेन्द्र मोदी
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्याइने बताएका छन्। यसका लागि दुवै देशका प्रधानमन्त्रीले विभिन्न निर्णय गरेको बताएका छन्।
नेपालसँग जलविद्युत् सम्बन्धी दीर्घकालीन सम्झौता भएको मोदीले बताएका छन्। “अहिले नेपालबाट ४५० मेगावाट बिजुली आयात गरिरहेका छौं,” भारतीय प्रधानमन्त्री मोदीले भने, “आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौं।”
यसका लागि फुकोट कर्णाली जलविद्युत् आयोजना र तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्झौता भएको उनले बताए। यी दुवै जलविद्युत् आयोजना निर्माणपछि नेपालबाट आयात हुने बिजुलीको परिमाण बढ्ने उनको भनाइ थियो।