नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता शुरू भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भेट भई द्विपक्षीय वार्ता शुरू भएको हो।
शुरूमा दाहाल र मोदीबीच प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
त्यसपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन्। प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदराबाद हाउसमै आज दिवा भोज आयोजना गर्नेछन्।