सुनको भाउमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?

काठमाडाैं । नेपाली बजारमा आज  नम्बरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई सय रुपैयाँ बढी हो।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार भन्सार महसुल थप ५ प्रतिशत विन्दु बढेको आधारमा मूल्य निर्धारण गर्दा मूल्यले नयाँ रेकर्ड कायम भएकाे हाे

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *