What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मूल्य तोलामा एक हजारले घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा करोबार भएको छ ।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।






