सामुदायिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाएपछि बालेनले लिए एक्सन !

काठमाडौँ । नियम विपरित सामुदायिक विद्यालयले विद्यार्थीका अभिभावकसंग शुल्क लिन थालेपछि काठमाडौ महानगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरपालिकाले बिहीवार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयहरुले अभिभावकसंग सहयोगका नाममा इच्छा विपरित रकम लिएको भन्ने गुनासो विभागमा आएपछि महानगरपालिकाको ध्यानाकर्षण भएको हो ।

काठमाडौं महानगरपालिकाले शिक्षा नियमावली २०७९ को नवौँ संशोधनको नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसंग र माध्यमिक तहमा अध्ययन गर्ने नियम १५२ बमोजिमका विद्यार्थीसंग नियम १४६ (१)मा उल्लेख शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।

उसले शिक्षा ऐन २०२८ संशोधन सहितको दफा १६ ( घ) को उपदफा (क) मा कुनै अभिभावकले आफनो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्था भएता पनि कतिपय सामुदायिक विद्यालयहरुले अभिभावकसंग सहयोगका नाममा निजको इच्छा विपरित रकम लिएको भन्ने गुनासो आएको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सामुदायिक विद्यालयहरुले उल्लेखित ऐन नियम विपरित विद्यार्थी वा अभिभावकहरुसंग वाध्यकारी रुपमा रकम नलिन भन्दै महानगरले काठमाडौं महानगर भित्रका सबै सामुदायिक विद्यालयलाई सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *