What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जाने शेखर पक्षको निर्णय, को-को बन्दैछन् मन्त्री ?
काठमाडौं। नेपाली काँग्रेसको शेखर कोइराला पक्ष पनि सरकारमा सहभागी हुने भएको छ ।
आज बसेको इतर समूहको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने निर्णय गरेको हो । काँग्रेसबाट यसअघि नै चारजना मन्त्री सरकारमा सहभागी भइसकेका छन् ।
कोइराला पक्षले नाम नदिँदा बाँकी मन्त्री सरकारमा पठाउन ढिलाई भएको थियो । बैठकमा आफूहरूको अडानको कारणले तीन मन्त्री र एक राज्यमन्त्री पाउन सफल भएको कोइरालाले बैठकमा ब्रिफिङ गरेका थिए ।
यसअघि देउवाले कोइरालालाई दुईवटा मन्त्रालय मात्रै दिने बताएपछि कोइराला पक्ष असन्तुष्ट रहँदै आएको थियो ।
कोइराला पक्षबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य र राज्यमन्त्रीमा मैना रावल कार्की सरकारमा जाने निश्चित भएको छ।






