बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

रवि लामिछाने भन्छन्, ‘पैसाको डिल गरेको अडिओ आएको हो, लेनदेन भएको छैन’
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्।
बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको बताएका हुन्।
‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमूक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो,’ लामिछानेले भने।
उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।
‘त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौं। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौं, पद्धतीलाई हेरेर निर्णय गरेका हौं,’ लामिछानेले भने।
लामिछानेले पार्टीमा रहेका सबैलाई राम्ररी चिन्न नसकिएको दोहोर्याए।
‘एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएन? भ्रष्टाचारलाई शून्य सहनशीलताको रुपमा लियो कि लिएन? गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्यो,’ उनले भने।
लामिछानेले नेपालका राजनीतिक दलले ७० वर्षमा नगरेको अभ्यास र अनुभव ९ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपरेको पनि बताए।
‘यसले भोग्नुपरेका समस्याहरु यसमाथि लगाइएका बारहरु सम्भवतः राजनीतिक दलहरुले ७० वर्षसम्म पनि पार गरेका छैनन् होला तर यी सबै घुम्तीहरुलाई हामीले पार गर्दै आयौं,’ उनले भने।