नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जब विमानस्थलमा ओर्लने बित्तिकै उपप्रधानमन्त्री खड्काले भुइँ ढोगे !
काठमाडौं। शनिबार बिहान सुर्खेत पुगेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खडका सुर्खेत विमानस्थल ओर्लने बित्तिकै फरक दृश्य देखियो ।
जहाजबाट ओलर्नेबित्तिकै खड्काले घुँडा टेकेर भुइँमा ढोगे । खड्का मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सुर्खेत पुगेका हुन् ।
पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने कुनै काम आफूबाट नहुने बताए।
सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए।