बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रहरीलाई मेयर बालेनले फेसबुकबाटै दिए कडा चेतावनी !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ मान्छे हिड्नका लागि प्रयोग हुनुपर्ने बताएका छन् । फुटपाथमा व्यापार गर्न रोकिए पनि कतिपय ठाउँमा सरकारी निकायले नै फुटपाथमा भौतिक संरचना बनाएर प्रयोग गरिरहेको बताएका छन् ।
उनका अनुसार काठमाडौंको धेरै ठाउँमा फुटपाथमै प्रहरीले भौतिक संरचना बनाएर कानुनको पालना नगरको भन्दै असन्तुष्टि जनाएका छन् । “फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन, सबैका लागि हो र हुनुपर्छ,”
सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्, “कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनूहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन वाद्यय हुनेछौँ ।”
दूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको पनि उनले जानकारी दिएका छन् । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न सबै तयार हुनुपर्नेमा उनको जोड छ ।