कालो बजारीको सिकार !

हरि पूर्व ।
इलाम । सबैसँग कहा हुन्छ र यथेष्ट धन, सबैमा कहा हुन्छ र पहुँच एक रात मै आकाशिन्छ यहाँ हरेक चीजको बजार मूल्य। आज लिएको टमाटर भोलि किन्न जाँदा पन्ध्र रुपयाँ महंगो भएको हुन्छ। सरकार कता छ ? दैनिक उपभोग्य सामानको मूल्य किन यसरी कालोबजारी भै रहेको छ । जनताको सरकार हो भने किन जनतालाई नै सास्ती दिइरहेको छ ।

हामीले नै खाई न खाई भरेको करले रमाउने अनि चिल्लो कार चढेर हिड्ने एउटा पानीको बोतल मै सानो गुजारा हुने परिवारको एक छाक मूल्य बराबरको रकम खर्च गर्ने । अनि जो मेंहनेत गर्दछ उसलाई दुनियाँ कानुन र प्रशासनको डर देखाई नेता भनाउँदाहरु चाहिँ पाँच तारे होटलमा गएर छ सय कपको चीया खाने अनि हजार रुपैयाँ टिप्स दिएर हिड्ने।

यहाँ एउटा गरीब किसान, विद्यार्थी ज्यालादारी गर्ने मजदुरको बारेमा कसले सोच्ने ? दिनानुदिन भएको ज्यादती कसले रोक्ने जो बोल्छ उसैलाई दबाइन्छ यहाँ अनि भारतबाट विषादीयुक्त वस्तु ल्याइन्छ यहाँ नेपालको अर्गानिक वस्तु कुहिएर जान्छ यहाँ, सरकार विदेशी ऋण र रेमिट्यान्सले चली हाल्छ। अनि सरकारलाई के चिन्ता यहाँ पीर दिए पछि न युवा विदेशीन्छन् अनि रेमिट्यान्स भित्रिन्छ अनि सरकारले किन कन्ट्रोल गर्दछ त नेपालमा।

अहिले विश्वको कुरा गर्ने हो भने, सबै भन्दा बेसी युवा शक्ति भएको देश नै नेपाल हो तर युवा नेपालमा भए पो केही हुन सक्छ युवा खाडीको मरुभूमि बनाउन नै व्यस्त छन् सरकार तिनै युवाले पठाएको रेमिट्यान्स चाटेर दादागिरी गरिरहेको छ। देशको चिन्ता कसलाई छ र यहाँ कुर्सीको लड़ाईमा आम जनताका सरोकारका मुद्धा हेर्ने फुर्सद यहाँ कसलाई पो छ र ? देश बिदेशको खबर सुनिन्छ पढ्न पाइन्छ फलानो देशको प्रधानमन्त्री भ्रष्टचारको ‘केश’मा पक्राउ, उनको देशको राष्ट्रपति पक्राउ । तर नेपालमा कैले सुनिन्छ यस्तो जता त्यतै भद्रगोल छ प्रशासन, न्यायालय, प्रमुख निकाय नै राजनीतिक दलको चंगुलमा छन् अनि निरिय जनताले कहिले सुखले श्वास फेर्ने आफ्नै देशमा।

चौतर्फी मन्दी छाएको छ । देशमा काम गर्ने वातावरण छैन अली अली गरेर खाँदै गरेका हुनुहार उद्यमी युवा पनि अब पलाएन हुने चकरमा छन् अनि कैले बन्छ नेपाल। युवा जति सबै अष्ट्रेलिया, अमेरिका, खाड़ी, कोरिया, जापान अनि हाम्रो देशमा चाहिँ बृद्धबृद्धाको चिया पान कुर्सी तानातान भुत्रो हुन्छ दिगो विकास दलाल र गुलामले सिद्याए देश।

ठाउँ ठाउँमा ठगी लुटतंत्रलाई मल जल गरेर नेपाल बन्दैन । खेती गर्ने बेला भयो मल छैन बीउ छैन किसानको खेत पानी छैन तर किन चाईयो र भारतबाट आइहाल्छ सबै अनि यूरिया मल दिँदा त पछि उसको तरकारी नेपालमा माग नै हुँदैन अनि उत्पाद हुनमा दिन भारतले यूरियामा कडाइ गर्दछ त्यसो भए नेपालले नि के संयन्त्र जोड्नु पर्यो भारतलाई टकर दिने !

हाम्रो देश अनि देशका ढुकढुकी युवाहरुको सोचाइ !

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *