नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देश थप अस्थिरता र संकट तर्फ: सचिव विष्ट
काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहमतिलाई लत्त्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र सङ्कटतर्फ लैजाने जोखिम देखा परेको बताएका छन् ।
नेकपा माओवादीले एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएसँगै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता विष्टले आफ्नो पार्टी एमाले सबै खाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रूपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।
उनले लेखेका छन्ः
सहमतिलाई लत्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र संकट तर्फ लैजाने जोखिम देखा परेको छ । यस्तो अवस्थामा हाम्रो पार्टी नेकपा एमाले सबैखाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रुपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्नेछ ।