हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै हार्छः नेता बास्कोटा
काठमाडौं। प्रमुख सत्तासाझेदारी दल नेकपा (एमाले)का नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले बाहेकका आठ दलबीच सहमति गरेर आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति गरेसँगै नेता बास्कोटाले प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।
उनले यसअघि प्रचण्डसँग सहकार्य गर्दा उत्साह र आशा दुबै नभएको उल्लेख गर्दै एमाले निराश हुनु पर्ने कारण नभएको समेत संकेत गरेका छन् । उनले अब एमाले आफ्नै लयमा अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले भनेका छन्ः
उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।