युएर्इले दियो नेपाललाई २ सय ५५ रनकाे लक्ष्य :सन्दिपको उत्कृष्ट बलिङ

काठमाडाैँ –  एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा युएर्इले नेपालका लागि २ सय ५५ रनकाे विजय लक्ष्य प्रस्तुत गरेकाे छ । मलेसियाकाे क्लालम्पुर स्थित किनरारा अाेभलमा टु हारेर पहिले ब्याटिङ गरेकाे युएर्इले निर्धारित ५० अाेभरमा ९ वीकेटकाे क्षतिमा २ सय ५४ रन जाेड्याे ।

युएर्इका लागि चिराङ शुरीले सर्वाधिक रन ६५ रन जाेडे । अदनान मुफ्तीले ५७ बनाए भने असाफ अहमेदले ४५ रनकाे याेगदान दिए । नेपालका लागि युवा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै २ मेडन राख्दै २४ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिन सफल भए।

नेपाललाई दोस्रो खेल जित्नैपर्ने दवाब छ । बुधबार भएकाे उद्घाटन खेलमा नेपाल ओमानसँग ७ वीकेटले पराजित भएकाे थियाे । चिरपरिचित प्रतिद्वन्द्वी यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली हुन् । याे नेपालका लागि अाेडीअार्इ म्याच हाे ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *