इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

काठमाडौ।  नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले बिहिबारका लागि १ अमेरिकी डलर बराबर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।

अमेरिकी अर्थतन्त्र बलियो बन्दै जाँदा त्यसकाे असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रामा पनि परेको हो। राष्ट्रवैंक विदेशी विनिमय विभागका अनुसार यो दर हालसम्मकै उच्च दर हो भने एकैदिनमा नेपाली मुद्रा प्रति डलर १ रुपैयाँले कमजोर भएको हो।

विभागका निर्देशक भिष्मराज ढुँगानाका अनुसार डलरको माग विश्वव्यापीरुपमै बढेकाले भारतीय रुपैयाँ कमजोर बनेको हो।
नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थीर रहेकाले नेपाली मुद्रा डलरसँग कमजोर बन्दै गएको हो। भारतीय रुपैयाँ १०० बराबर नेपाली १६० रुपैयाँ स्थीर विनिमय दर छ।

नवउदीयमान अर्थतन्त्रभएका मुलुकसँग अमेरिकाको व्यापार टकराव, ल्याटिन अमेरिकी मुलुकसँगको व्यापारमा अमेरिकी आकर्षण र आफ्ना नागरिकलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन गर्ने अमेरिकी नीतिका कारण तत्कालका लागि त्यहाको अथतन्त्र बलियो बन्दै गएको छ।

‘रिर्जभ बैंक अफ इन्डिया(आरआईबी)ले आजका लागि १ डलर बरावर ७०.८२ भारु बिनिमयदर निर्धारण गरेको छ। यही दरअनुरुप नेपालले अन्तर्राष्ट्रिय मुद्रासँगको विनिमयदर निर्धारण गर्नुपर्ने भएकाले नेपाली मुद्रा कमजोर बन्न पुगेको हो।

भारतले गरेको एक आन्तरिक अनौपचारिक प्रक्षेपणअनुसार भारुको विनिमयदर आगामी ३ महिनामा अझै ३ रुपैयाँले कमजोर हुनसक्छ। यसअनुसार नेपाली मुद्रा अझै अवमूल्यन हुनसक्ने खतरा छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *