What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडौंमा आज जोर सवारी साधन संचालनमा
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक) कौ चौथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु हुँदैछ।
बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेक सबै सावरीसाधनमा बुधबारबाट जोर–बिजोर प्रणाली लागू भएको छ।
जोर–बिजोर प्रणाली लागू भएको दोस्रो दिन आज जोर सवारी साधन संचालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार आज (भदौ १४ गते) जोर दिनमा जोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक ०,२,४,६ वा ८) भएका सवारी साधन चल्न पाउनेछन्। बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन्।






