नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन आज विहान काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
दुई दिने सम्मेलन आजबाट सोल्टी होटलमा सुरु हुँदैछ। सम्मेलनमा भाग लिन यसअघि म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।