नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गोकुल बाँस्कोटाले कटाए १७ हजार मत, तेस्रो स्थानमा घण्टी
काठमाडाैं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता लिएका छन्। उनले १७ हजार ३१ मत ल्याएका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १६ हजार ७८८ मत ल्याएका छन्। बाँस्कोटा र हुमागाईंबीच २४३ मतान्तर रहेको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ५ हजार ६ सय २५ मतसहित तेस्रो स्थानमा छन्। काभ्रे-२ मा सुरआतीदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ।