नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

‘कसैले बुथ कब्जा गरेर जित्छु भन्ने नसोचे हुन्छ’
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनमा मतदाताभन्दा बढी मतपत्र खस्ने अवस्था नरहने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अस्वभाविक रुपमा मत खसेको भेटिए फेरि निर्वाचन हुने बताए ।
“यो पटक मतदाताभन्दा बढी मत हुने छैन । कुन–कुन मतदान केन्द्रका कति मत खस्यो भनेर हेर्छौं । अस्वभाविक भएको छ भन्ने लागे फेरि निर्वाचन गराउँछौं,” उनले भने ।
थपलियाले पहिले भएका निर्वाचनमा संवेदनशील रहेका केही ठाउँमा हवाइ गस्ती गर्ने तयारी समेत भएको बताए ।
उनले बुथ कब्जा गरेर जित्छु भन्ने सोचाइ नराख्न चेतावनी समेत दिए । “कतै कसैले बुथ कब्जा गरेर जित्छु भन्ने सोचाइ नराखे हुन्छ । बुथ कब्जा गरेर जितेर आउनेले तपाईं हाम्रो हित गर्दैन । त्यो बेइमान हो,” थपलियाले भने ।