नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सक्ने योजना छ : प्रमुख आयुक्त थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने बताए । निर्वाचन अधिकृतलाई त्यसबारे कार्ययोजना पठाउने उनले बताए ।
प्रत्यक्षतर्फको मतगाणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेकोसमेत उनले बताए ।
“४ गते बेलुका सबैतिर मतदान भइसक्छ । कहीँ दोहोर्याउनुपर्दैन भन्ने विश्वास छ । ५, ६, ७ गतेको बेलुकासम्ममा ‘फस्ट पास्ट दी पोस्ट’ प्रत्यक्षको सबै र त्यसपछिको ५ दिनभित्र समानुपातिकतर्फको सबै मतगाणना सक्ने योजना भएका छौँ,” उनले भने, “हामी मंसिर २२ गते सम्पूर्ण रिर्पोट बोकेर प्रतिवेदन बु्झाउन राष्ट्रपतिज्यू समक्ष जाने तयारीका साथ लागिरहेका छौँ ।