नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनको मूल्य प्रतितोला ९७ हजार नाघ्याे, कतिमा हुँदैछ काराेबार
काठमाडौं । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु. ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु. छ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार दुई सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।