तत्काल मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सिरहाका सुखिपुर नगरपालिका र सखुवानान्कारकट्टी गाउँपालिकालाई यथाशीघ्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी २४ घण्टाभित्र जानकारी गराउन निर्देशन दिएको छ । दुवै पालिकाले हालसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेको जानकारीमा आएपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले पत्र यस्तो निर्देशन दिएको हो । आयोगले सुखिपुर नगरपालिकाका नगरप्रमुख, प्रमुख कार्यकारी अधिकृत चन्द्रेश्वर यादव तथा सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजीवकुमार झालाई लेखेको पत्रमा भनिएको छ –

नेपालको संविधानको धारा २४७ मा ‘‘संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ” भन्ने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० को उपदफा ( १) मा “आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ” भन्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *