What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

‘नो नट अगेन’सहितका झूठा फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाउन आयोगको निर्देशन
What To Know
- ‘नो, नट अगेन’, ‘नो नट अगेन’ र नो.
- नट अगेन’ समेतका फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’.
काठमाडौं। निर्वाचन आयोगले ‘नो नट अगेन’सहितका झूठा फेसबुक तथा फेसबुक ग्रुपहरू तत्काल हटाउन कडा निर्देशन दिएको छ ।
झुठा फेसबुक पेज तथा ग्रुपहरू सृजना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्दा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ आकर्षित भइ कडा सजाय हुनसक्ने चेतावनी दिँदै आयोगले पेज तथा ग्रुपहरू हटाउन निर्देशन दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको अवस्था विभिन्न पेजहरूबाट अनर्गल प्रचार गरिएको भन्दै आयोगले भनेको छ,
‘नो, नट अगेन’, ‘नो नट अगेन’ र नो. नट अगेन’ समेतका फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘झुठा फेसबुक पेज तथा ग्रुपहरू सृजना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ,’ मंगलबार आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।