What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु गरिने, अध्यक्ष ओलीले अभियानको थालनी गर्ने
काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कात्तिक १८ गतेबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।
एमालेले सुदूरपश्चिमको दार्चुलाबाट अभियानको थालनी गर्ने निर्णय पनि गरेको छ । दार्चुलाको खलंगामा हुने आमसभालाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
दार्चुलाको सभालाई सम्बोधन गरेपछि त्यही दिन अध्यक्ष ओलीले बैतडी र कञ्चनपुरको चुनावीसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।






