बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ?
काठमाडौँ । ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
समाचारमा लेखिएको छ, मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसदमा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो ।
यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन । नेपाल समाचारपत्रमा खबर छ ।