पाइपबाट घरघरमा लगिएकाे ग्यास प्रधानमन्त्रीद्वारा उद्घाटन

विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  वायोग्यास उद्घाटन गर्नुभएकाे छ । विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट  घरघरमा पुर्याइएकाे छ । प्रधानमन्त्री अाेलीले पाइपबाटै कार्यक्रमस्थलमा लगिएकाे ग्यास बालेर उद्घाटन गर्नुभएकाे हाे ।

 सदनमा पालिएका २ सय बढी गाईको गोबरलाई सदुपयोग गरेर उत्पादन भएको जैविक ग्याँस स्थानीय ८० घर मा पाइपको माध्यमबाट वितरण गर्ने योजना अनुसार साउन २० गतेदेखि कार्यान्वयनमा ल्याइएको छ ।

विश्व बैंकको अनुदान सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको बायो ग्याँस प्लान्टमा अन्य पक्षको पनि सहयोग गरेको छ । विश्व बैंकको सहयोगसमेत गरी नेपाल सरकारले १ करोड ११ लाख रुपैयाँको लगानीमा प्लान्ट निर्माण भएको हो । त्यसबाट उत्पादित ग्याँसले १ सय घर परिवारलाई पुग्ने भएपनि अभावको सामना गर्न नपरोस भनेर ८० घरमा मात्र पाइप बिस्तार गर्ने योजना सदनले बनाएको छ । त्यस कार्यका लागि विराटनगर महानगरपालिकाले एउटा स्टेप्लाइजर सहयोग गरेको छ भने जिल्ला समन्वय समितिले ३० केभीए को एउटा पुरानो जेनेरेटर उपलव्ध गराएको छ ।

नेपाल सरकारको वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रको पहलमा गौसेवा सदनले ग्याँस उत्पादनको काम अघि बढाएको थियो । त्यस अघि सदनले गोबरबाट बर्मी मल उत्पादन गरी बिक्री गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *