लोक सेवा तयारी समसामायिक शृंखला (बैशाख १८ – बैशाख २६)

१. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ?

  • प्रत्येक साल मे १ तारिखमा

२. २०२१ को कति औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो ?

  •  १३२ औँ
  • अन्तर्राष्ट्रिय श्रमिक दिवस सन् १८९० देखि मनाउन थलिएको हो ।
  • अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा अमेरिकाको शिकागो भएको हेमार्केट मामलाको स्मृतिमा मनाइन्छ।

३. अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२१  को नारा के रहेको छ ?

  • ‘Solidarity is key to our common survival and prosperity’

४) अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा कहिले मनाउन थालिएको हो ?

  • वि.स. २००७ देखि
  • नेपालमा वि.सं. २०६४ देखि सार्वजनिक विदा दिन थालिएको हो ।

५) International Labor Organization (ILO) को बारे केहि जानकारीहरुः

  • स्थापना: सन् १९१९
  • प्रधान कार्यालय: जेनेभा, स्विजरल्याण्ड
  • हालका प्रमुख: गाइ राइडर

६) नेपाल र डोमिनिका राष्ट्र बिच कुटनीतिक सम्बन्ध कहिले स्थापना भएको हो ?

  •  सन् २०२१ अप्रिल ३० मा
  • नेपालले कुटनीतिक सम्बन्ध राख्ने डोमिनिका १६९ औँ राष्ट्र बनेको हो ।
  • नेपालको तर्फबाट अमृत बहादुर राई र डोमिनिकाको तर्फ बाट लोरिन रूथ बान्निस रोबर्ट ले हस्ताक्षर गरेका हुन् । (दुवै जना आ-आफ्नो देशको तर्फबाट संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हुन्)

७) नेपाल र डोमिनिका राष्ट्र बिच कुटनीतिक सम्बन्ध हस्तक्षर काहाँ गरिएको थियो ?

  •  न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा

८) नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो र पछिल्ला पाँच देशहरु :

पहिलो पाँच

पछिल्ला पाँच

क्र.सं.

देश

मिति (सन्)

क्र.सं.

देश

मिति (सन्)

१.

बेलायत

१८१६

१६५.

इक्केटेरियल गुएना

२०१९ अप्रिल ३०

२.

अमेरिका

१९४७ अप्रिल २५

१६६.

इस्वातिनी

२०१९ मे ९

३.

भारत

१९४७ जुन १३

१६७.

सेन्ट लुसिया

२०१९ अगस्ट २७

४.

फ्रान्स

१९४९ अप्रिल २०

१६८.

घाना

२०१९ सेप्टेम्बर २५

५.

चिन

१९५५ अगस्ट १

१६९.

डोमिनिका

२०१९ अप्रिल ३०

९) राष्ट्रिय सूचना तथा प्रविधि दिवस कहिले मनाइन्छ ?

  • हरेक वर्ष मे २ तारिखमा
  •  २०७८ साल मा बैशाख १९ मा राष्ट्रिय सूचना तथा प्रविधि दिवस मानाएको

१०) राष्ट्रिय सूचना तथा प्रविधि दिवस कहिले देखि मनाउन थालिएको हो ?

  •  बि.स. २०७५ साल बाट
  •  २०७८ मा चौथौँ राष्ट्रिय सूचना तथा प्रविधि दिवस मानएको हो ।

११) २०७८ सालको राष्ट्रिय सूचना तथा प्रविधि दिवसको नारा के रहेको छ ?

  •  “समृद्ध नेपालको आधार, सूचना तथा संचार प्रविधिको विस्तार”

१२. यस दिवसको अवसरमा प्रदान गरिएको अवार्डहरु:

क्र.सं.

विधा

विजेता

१.

National ICT Excellence Award

सुधिर पराजुली

२.

National ICT Excellence Award (woman)

कुसुम लामा

३.

National ICT Award (Public Sector)

महालेखा नियन्त्रक कार्यालय

४.

National ICT Award (Private Sector)

हुवावे टेक्नोलोजी नेपाल प्रा.लि.

  •  नेशनल आइसीटी एक्सिलेन्स अवार्ड (महिला र पुरुष) को पुरस्कार रकम रु. १ लाख रकम रहेको छ ।
  • यस दिवसको अवसरमा ‘नगरिक एप’ को फुल भर्सन सार्वजनिक गरिएको छ। ‘नागरिक एप’ को वेटा भर्सन २०७७ माघ २ गते सार्वजनिक गरिएको थियो।

१३) अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस कहिले मनाइन्छ ?

  •  प्रत्येक साल मे ३ मा
  •  सन् १९९३ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो
  •  सन् २०२१ को २८ औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस हो

१४) अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस २०२१ को नारा के रहेको छ ?

  •  “Information as a Public Good” (“सूचना सार्वजनिक वस्तुको रुपमा”)

१५) विश्व प्रेस स्वतन्त्रता सूचाकांक २०२१ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • १०६ औँ स्थान (सन् २०२० मा नेपाल ११२ औँ स्थनमा रहेको थियो ।)

१६) Reporters Without Borders नामक संस्थाले सर्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचाकांक २०२१ को सूचीः

सूचीका Top ५ मुलुकहरु सूचीका अन्तिम ५ मुलुकहरु सार्क राष्ट्रहरुको स्थान
१. नर्वे १८०. इरिट्रिया भुटान-६५
२. फिनल्याण्ड १७९. उत्तर कोरिया माल्दिभ्स-७२
३. स्वीडेन १७८. तुर्केमिनिस्तान अफगानिस्तान-१२२
४. डेनमार्क १७७. चीन श्रीलंका-१२७
५. कोस्टा रिका १७६. जिबुटी भारत-१४२
    पाकिस्तान-१४५
    बंगलादेश-१५२
  •  Reporters Without Borders एक अन्तराष्ट्रिय गैससरकारी संस्था हो ।
  •  यो संस्था सन् १९८५ मा फ्रानसको Montpellier मा स्थापाना भएको हो ।
  •  यस संस्थाको मुख्य कार्यलय पेरिस मा रहेको छ ।

१७) २०२१ UNESCO/Guilermo Cano World Press Freedom Prize कसलाई प्रदान गरएको हो ?

मारिया रेसा (फिलिपिन्स)

  • यो पुरस्कार सन् १९९७ वाट दिन थालिएको हो ।
  • यो पुरस्कार कोलम्बियन पत्रकार Guilermo Cano Isaza को नाममा स्थापना गरिएको हो । उनी डिसेम्बर १७, १९८६ मा मारिएका थिए ।
  • युनेस्कोमा कार्यकारी बोर्डको पहलमा यो पुरस्कार स्थापना गरिएको हो ।
  • यस पुरस्कारको राशी २५ हजार डलर रहेको छ ।

१८) सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो आरोहि को हुन् ?

  • आरोही कामिरिता शेर्पा
  •  वि.सं. २०७८ वैशाख २४ (सन् २०२१ मे ७) मा आरोहण गरेको ।
  •  यस संगै २५ औँ पटक आरोहण गरेर सर्वधिक सगरमाथाको आरोहण गर्ने किर्तिमान कायम गरेको हो ।
  •  पहिलो आरोहण वि.सं. २०५१ वैशाख १० (सन् १९९४ मे १३) मा
  •  शेर्पाले दुई पटक केटु हिमाल, एक पटक ल्होत्सो, तिन पटक मनास्लु, र आठ पटक चोयु हिमाल आरोहन गर्नु भएको छ ।

१९) विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?

  • हरेक साल मे ८ मा
  •  नोबेल शान्ति पुरस्कारका प्रथम विजेता रहनुभएका रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो । वहा को स्मझनामा यो दिवस मनाइन्छ ।
  •  नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो ।
  • रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ ।

२०) विश्व रेडक्रस दिवस २०२१ को नारा के रहेको छ ?

  • Together we are ‘Unstoppable’

२१) नेपालमा कानुन दिवस कहिले मनाइन्छ ?

  • वैशाख २६ मा
  •  २००७ फागुन ७ मा प्रजातन्त्र स्थापना भएसँगै मुलुक कानुनी राजमा प्रवेश गरेको हो ।
  •  विक्रम सम्वत् २००९ बैशाख २६ मा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।
  •  प्रधान न्यायालय २०१३ सालबाट सर्वोच्च अदालतको रूपमा स्थापित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *