What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कोभिड–१९ बाट थप ५८ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ६०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा एक हजार ९९३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।






