कोरोनाको जोखिम न्यूनीकरण गर्न रिब्दीकोटको उच्च तयारी, सर्तकता अपनाउन आग्रह

सुनिल कार्की
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई कम गर्न विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न रिब्दीकोट गाउँपालिकाले ५ बेडकोे अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याउने, होम क्वारेनटाइनलाई व्यवस्थित बनाउने, हेल्प डेस्क स्थापना गर्ने भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार, हार्थोक र बतासे लगायतका बजार क्षेत्रमा मास्क, सेनिटाइजरको सुरक्षित प्रयोग र कोरोनाबाट बच्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, देराली र कुसुमखोल स्वास्थ्य चौकिमा आइशोलेशन सेन्टरको स्थापना गरिने भएको छ ।

त्यस्तै ्यापिड रेस्पोन्स टिम गठन गर्ने, प्रत्येक वडामा पुगेर पिसिआर परिक्षण लागि स्वायब संकलन गर्ने,१४ दिनको क्वारिनटिन बसाईलाई सुरक्षिता गर्न नियमित अनुगमन गर्ने लगायतका महत्वपुणर् निणर्य भएको अधिकारीले जानकारी दिनुभयो ।

पालिकामा कोरोना संक्रमणलाई फैलिन नदिन छिमेकी मुलक भारत लगायत छिमेकी बाहिरी जिल्लाबाट आउनेको पिसिआर परिक्षणको लागि गाउँपालिकामा हेल्प डेस्क स्थापना समेत गरिएको स्वास्थ्य शाखा संयोजक अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सोमबार नै सुचना जारी गरि विद्यालय बन्द गर्न निर्देशन दिई सकेको छ । गाउँपालिकाले कोरोना विरुद्ध आत्तिएर भन्दा पनि संयमिता अपनाएर बच्न सकिने भएको मस्क सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *