एकै दिन ४८ सय ९७ कोरोना संक्रमित थपिए, थप १७ को मृत्यु

काठमाडाैं । आज थप चार हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८३४ जनाको स्वाब परीक्षण गर्दा चार हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको छ।

पछिल्लो २४ घण्टा परीक्षण घट्दा पनि संक्रमित बढेका छन्। मंगलबार १५ हजार ६८१ जनाको स्वाब परीक्षण गर्दा चार हजार ५२४ जनामा कोरोना देखिएको थियो भने आज १४ हजार ८३४ जनाको स्वाब परीक्षण गर्दा चार हजार ८९७ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, कोरोनाबाट १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २११ पुगेको छ।

निको हुनेको संख्या भने खासै बढ्न सकेको छैन। पछिल्लो २४ घण्टामा ७७३ जना निको भएका छन्।

यससँगै सक्रिय संक्रमितको संख्या पनि बढेर ३० हजार २०९ पुगेको छ।

काठमाडौँ उपत्यकामा एकै दिन २ हजार बढीमा कोराना पुष्टि

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ललितपुरमा ३५१ र भक्तपुरमा २३२ र काठमाडौँमा १४६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वार गौतमले जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *