गलकोट समाज युकेद्वारा वोवाङ स्वास्थ्य चौकीको लागि ९ लाख सहयोग

कौरव खत्री,
बागलुङ । बाढीका कारण क्षति ग्रस्त बोबाङ स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको लागि गलकोट समाज यु.के.को नेतृत्वमा यु केमा संकलित रकम आइतवार हस्तान्तरण गरिएको छ ।

गलकोट समाज युकेका अध्यक्ष राज कडेंलले सहयोग रकम ढोरपाटन नगरपालिका वडा नम्वरर ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीमगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

हयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै गलकोट समाज युकेका अध्यक्ष राजु कडेंलले नेपाललाई जन्मथलो बनाएर विदेशमा दुःख गरिरहेका गलकोटबासी तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले आफुले कमाएको केहि अँश छुट्टाएर प्राकृतिक बिपत्तिका कारण क्षतिगस्त क्षेत्रमा स्वास्थ्य सस्थाको जग्गा ब्यबस्गापनको लागि सहयोग गरेको बताउनुभयो ।

साथै अध्यक्ष कंडेलले गत भाद्र १७ गते भुजिँखोलामा आएको बाढीका कारण जनधनको क्षति भएको अवस्थालाई सामान्य भएपनि राहत दिने लक्ष्य अनुसार युकेमा सहयोग अभियान संचालन गरिएको बताउदै, सहयोग गर्ने सबै नेपाली सहयोगी मनप्रति आभार समेत व्यक्त गर्नुभयो । उहाँ भन्नुभयो, सामान्य स्वास्थ्य उपचारको लागी बुर्तिबाङ सम्म जान नसक्ने अबस्थालाई मध्येनजरगरि सहयोग गरिएको बताउनुभयो । त्यस्तै कार्यक्रमका अवसरमा गलकोट समाज युके का सल्लाहकार तेजेन्द्र बहादुर बुढाथोकी,गलकोट समाज युकेमार्फत सहयोग गर्ने गलकोटवासी र नेपाली दाजुभाई दिदिबहिनीहरुको चाहाना अनुसार सहयोग रकमलाई पारदर्शी तथा प्रभाबकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

साविक बोबाङ गाँउ विकास समितिका अध्यक्ष शेरमान घर्तीमगरले सहयोग रकम अनुसार प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागी सहज हुने गरि जग्गा ब्यबस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरि घर्तिमगरले गलकोट समाज युकेलाई धन्यवाद दिदै गलकोटबाट विदेशमा रहेर पनि जन्मभुमिमा भएको प्राकृतिक बिपत्तीको समयमा विदेशमा रहनुभएका नेपालीहरुले गर्नुभएको सहयोग प्रति आभार व्यक्त गदैं आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले प्रवासी नेपालिको सहयोगलाई उहाँको उद्देश्य अनुसार स्वास्थ्य चौकीको जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरी बहादुर घर्ती मगरको अध्यक्षता तथा पत्रकार कौरव खत्रीको संचालनम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *