ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय सभाहलको उद्घाटन

काैरव खत्री
बागलुङ । ताराखोला गाँउपालिकामा निर्मित बहुउदेश्यीय सभाहलको शनिवार कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

कृषि, वन, खनिज, पर्यटन उद्यमशिलताको लागि सबल पूर्वाधार, समृद्ध समन्यायिक ताराखोला विकासको मूल आधार भन्ने नाराका ताराखोला गाँउपालिकाको योजना अनुसार गण्डकी प्रदेश सरकार र ताराखोला गाउँपालिकाको साझेदारीमा निर्मित सभाहलको आज उद्घाटन गरिएको हो ।

सभाहलको उद्घाटन गदैं गण्डकी प्रदेश आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङले ताराखोला गाउँपालिकामा विकासको लागि आर्थिक, नैतिक र भौतिक तरिकाले सहयोग गर्ने बताउनुभयो । गुरुङले ताराखोला गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेका सम्पूर्ण सडकहरू निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले २ वर्ष भित्र उज्यालो प्रदेश बनाउने अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउनका लागि विद्युत्त नभएका ठाँउमा विद्युत्त विस्तार गरिने र विद्युत्त पुग्न सम्भव नभएका ठाँउहरुमा सोलार जडान गरेर भएपनि गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने समेत बताउनुभयो ।

मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले कृषि, खानेपानी लगायतका क्षेत्रमा समेत विभिन्न योजनाहरु सञ्चालन गरिरहेको भन्दै सञ्चालनमा रहेका योजनाहरुलाइै नियमन र अनुगमन गर्नेे बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया रोका (दिपा), जिल्ला समन्वय समिति सदस्य फुलमाया पुन, ताराखोला गाउँपालिका वडा नम्वर २ का अध्यक्ष भद्र बहादुर घर्ति, नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य टेक बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सल्लाहकार दिल बहादुर घर्ति, राष्ट्रिय जनमोर्चा ताराखोला गाउँपालिकाका अध्यक्ष डम्मर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जुम्लि आचार्य निर्माण सेवाका प्रतिनीधि डम्मर वहादुर नाईसालाई कदर पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा मगर समुदायले सोरठी नाच, नौमती बाजा प्रस्तुत गरेका थिए ।

कार्यक्रम ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कँडेलको स्वागत तथा कार्यपालिका सदस्य धन बहादुर विक (हिमाल) को सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *