विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ । बैठकले पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्यलाई समितिको सदस्यमा नियुक्त गरेको छ ।

०७१ असार २ गते राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो । चुरे क्षेत्रमा समस्या समाधानका लागि सो समिति गठन गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *