नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

विद्यालय स्तरीय तेस्राे मेयर कप तथा राष्ट्रपति रनिङ शिल्डमा गलकोट माविकाे लगातार तेस्राे जित
कौरव खत्री
बागलुङ । गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय स्तरीय तेश्रो मेयर कप राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट भलिवलको क्षेत्रमा छुट्टै पहिचान बनेकोले खेलकुदका माध्यमबाट यस क्षेत्रलाई राष्ट्र र अन्तर्राष्ट्रिय स्तर सम्म परिचित नगरपालिकाले खेलकुदको संस्थागत विकासमा जोड दिने बताउनु भयो ।
साथै सोही अवसरमा राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाका अध्यक्ष टंक केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गलकोट नगरपालिका अन्तर्गतका २३ विद्यालयका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताबाट ८ स्वर्ण, १ रजत, १ कास्य पदक प्राप्त गरी गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ३ हटिया प्रथम भएको हो ।
त्यस्तै २ स्वर्ण,३ रजत र ३ कास्य पदक सहित जनजागृति माध्यमिक विद्यालय गलकोट नगरपालिका ८ काँडेवास द्धितिय र २ स्वर्ण,२ रजत र ३ कास्य पदक सहित पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका १० पाण्डवखानी तृतीय भएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिवल प्रतियोगिता, छात्र÷छात्रा हाइजप, लमजप, त्रिपलजप, सठफुट, दौड, लगायतका खेलकुद प्रतियोगिताबाट विजेता हुने विद्यार्थीहरु तथा विद्यालयलाई कप,मेडल र प्रमाण पत्र प्रदान गरिएको खेलकुद संयोजक यम बहादुर श्रीसले जानकारी दिनुभयो ।
गत चैत्र २५ गतेदेखि गलकोट माध्यमिक विद्यालय हटिया र भलिवल तालिम केन्द्र मजुवाफाँटमा संचालन भएको विद्यालय स्तरीय तेश्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो ।
गलकोट माध्यमिक विद्यालयले लगातर तेश्रो पटक शिल्ड हात पारेको हो । प्रथम भएको गलकोट माध्यमिक विद्यालयको खेलकुद विकास गर्न गलकोट नगरपालिकाद्धारा १लाख, ५०हजारको नगद चेक हस्तान्तरण गरिएको थियो ।
गलकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन न्यू लाइफ इङलसि बोडिङ स्कुलका सहायक प्रिन्सिपल बीर बहादुर बोहोराले गर्नुभएको थियो

