आजको राशिफल हेर्नुस् र प्रशिद्ध कालिञ्चाेक भगवतीकाे दर्शन गर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शुभ समाचार सुन्न पाईएला । गफैको भरमा काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय होलान् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । बैदेशिक कार्य पनि अघि बढ्नेछ, तर खानपिनमा सावधानी अपनाउन जरूरी छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । खनपिनमा विचारगर्नु पर्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,तर खानपिनमा ध्यानदिनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्नेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *