गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

सुन्दरीजल पुगेर बिना मगरले लेखिन् यस्ताे स्टाटस
काठमाडौं । केही दिनमा काठमाडाैंका धारामा मेलम्चीकाे पानी आउँदैछ । वर्षाै पूरानाे सपना पूरा हुनै लाग्दा पूर्व खानेपानी मन्त्री बिना मगरले खुशी ब्यक्त गरेकी छिन् ।
नेकपामा किचलाे हुँदा मन्त्री पद खुस्किएकी बिना आफ्ना दलबलसहित मेलम्ची आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुगेकी थिइन् । उनले प्रशोधन केन्द्र निरीक्षणपछि उनले मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पूरा हुन लागेको भन्दै सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेकी छिन् ।
मगरले फेसबुकमा लेखेकी छन्, ‘आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर-घरमा खानेपानी आउँदैछ ।
आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज…
Posted by Bina Magar on Friday, March 26, 2021
उनले आफूहरुको अथक मेहनत र योजनाअनुसार मेलम्ची आयोजनाको कामले तीब्रता पाएको दावीसमेत गरेकी छन् । यद्यपि उनी खानेपानी मन्त्री हुँदा आयोजनाको काममा ढिलाइ भएको आरोप लागेको थियो ।