What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान एक्कासी बन्द
काठमाडौँ । काठमाडौँको आकाशमा तुवाँलोले ढाकेपछि हवाई उडानहरु प्रभावित भएका छन् ।
शुक्रबार दिउँसो एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जनाएका छन् ।
कर्णले दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द भएको जानकारी दिए ।

भिजिविलिटीमा समस्या आएपछि उडान हुने तथा अवतरण हुने सम्पूर्ण सेवाहरु बन्द भएका हुन् ।
घरेलु उडानहरु दिउँसैदेखि प्रभावित बनेको र यस्तै अवस्था रहे काठमाडौँ तर्फ आउने अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट गर्नुपर्ने अवस्था रहेको विमानस्थलले जनाएको छ ।






