What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँड भएको छ । फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको कम्पनीको शेयर शुक्रबार बाँडफाँट भएको हो। धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।
कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदन गरेको थियो। त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् ।
योग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन्।