बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

रेशम चौधरी भेट्न महेश बस्नेत किन पुगे जेल ? के के भयो कुराकानी ?
काठमाडौँ । ज्यान मुद्दामा थुनामा रहेका जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतका रुपमा सांसद महेश बस्नेतले भेटेका छन् ।
बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेटेका हुन् । चौधरीलाई भेटेको स्वीकार गरे पनि बस्नेतले त्यहाँ भएको संवादबारे खुलाएका छैनन् ।
संसदीय समीकरणमा अल्पमतमा पर्ने खतरा रहेका बेला ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेतासँग औपचारिक–अनौपचारिक वार्ता गरिरहेका बेला आजको भेटलाई अर्थपूर्ण मानिएको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका बस्नेत ओलीका निकट मानिन्छन् । ओलीलाई अप्ठ्यारो परेका बेला बस्नेतले साथ दिँदै आएका छन् । गत वैशाखमा पनि संकटमा परेका बेला तत्कालीन संघीय समाजवादी पार्टी फूटाउने प्रयासमा बस्नेतले सांसद अपहरण गरेको भन्दै चर्को आलोचना भएको थियो ।
अहिले जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई सत्ताबाट हटाउने पक्षमाछन् । प्रधानमन्त्री ओली जसपा अध्यक्ष महन्थ ठाकुर समूहलाई फकाउन लागि परेका छन् । हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा चौधरीलगायतको रिहाइको माग राख्दै माइतीघर मण्डलामा भएको धर्नामा पुगेका थिए ।