नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राजेन्द्र महतोले जेलमै पुगेर किन भेटे रेशम चौधरीलाई ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमै गएर पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई भेटेका छन् ।
महतोले डिल्लीबजार कारागारमा पुगेर चौधरीलाई भेटेका हुन् ।
चौधरीले नेकपा एमालेसँग सत्ता सहकार्य गर्नै नहुने भनेको हल्ला बाहिर आएपछि महतोले कारागारमै गएर सत्यतथ्य बुझेका हुन् ।
चौधरीले भने आफूले यस विषयमा केही नबोलेको र बाहिर आएका हल्ला कपोकल्पित भएको जवाफ दिएका थिए ।
जसपामा एउटा धारले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारमा जानुपर्ने बताउँदै आएको छ ।