भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कुल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

चौबीस घण्टाको अवधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरीमा कोभिडविरुद्धको खोप अभियान सुरु भए यता हालसम्म करिब पाँच करोडले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *