बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भीम रावललाई एमालेको प्रश्न- कार्यकर्ताको दुःखले जम्मा गरेको रकम किन हिनामिना गरेको ?
काठमाडौं । सत्तारूढ नेकपा एमालेले पार्टीका भीम रावललाई आर्थिक अपचलन गरेको आरोप लगाउँदै त्यसबारेमा प्रष्टिकरण दिन भनेको छ ।
पार्टीले माधव कुमार नेपालसहितका ४ नेताहरुलाई सोधेको प्रष्टिकरणको पत्रमा पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको हो । रावललाई पार्टीको सम्पत्ति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई कार्यकर्ताको दुःःखले जम्मा गरेको रकम दुरुपयोग गर्न-गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेलेको भनी प्रश्न गरिएको छ ।
रावललाई पठाएको पत्रको प्रश्न नम्बर ६ मा यसबारेमा सोधिएको छ ।
रावलमाथि नेकपा विभाजनको बेला सुदूरपश्चिम कमिटीको वैंक खातामा रहेको ३० लाख रुपैयाँ निकालेको आरोप अध्यक्ष कणर्वहादुर थापाले लगाएका छन् । रावलले भने सो रकम दुरुपयोगन हुन नदिन प्रदेशका आर्थिक कारोवार गर्ने पदाधिकारीले अर्को वैंकमा सारेको बताएका छन् ।
रावलमाथि आफ्नो पार्टी अध्यक्षको सरकारलाई बदनाम गराउन सडक, सदन र मिडियामा लगातार झुट प्रचार गरेको र अविश्वास प्रस्ताव दर्ता गराउन अगुवाई गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ ।