मरेका मान्छेहरु सपनामा किन आउँछन् ?

भनिन्छ, सपनामा त्यही देखिन्छ जे हामीले सोच्ने गरेका हुन्छौँ । सपना हाम्रो वरपरका बस्तु वा हाम्रा दैनिक क्रियाकलाप वा गतिविधिहरुसँग कुनै न कुनै रुपमा सम्बन्धित हुन्छ । तर कहिले काहीँ हामी यस्तो सपना देख्छौँ जुन हाम्रो कुनै पनि कुरासँग मेल खाँदैन । कतिपय राम्रा कतिपय नराम्रा सपना देख्ने गरिन्छ । साँच्चै हो कहिले जिउँदो मान्छेलाई मरेको देखिन्छ कहिले मरेको मान्छेलाई जिउँदो आखिर किन हुन्छ यस्तो यसबारेमा जानौँ स्वप्न शास्त्रमा के लेखिएको छ ? सपनाको शुभ अशुभ फल बारे चर्चा गरौँ –

यदि तपाईँले आफ्ना कोही गुमाउनु भएको छ र ऊ बारम्बार सपनामा देखिरहन्छ भने त्यसको कुनै नै कुनै संकेत जरुर हुन्छ । भनिन्छ कोही मरेको ब्यक्ति पटक पटक सपनामा आइरहन्छ भने ऊ तपाईँसँग केही भन्न चाहिरहेको हुन्छ । कुनै न कुनै कुरा सम्झाउन चाहिरहेको छ । यस्तो सपना तपाईँको जीवनमा परिवर्तन ल्याउन सक्ने संकेत पनि हुन सक्छ ।

स्वप्न शास्त्र अनुसार यदि मरेको मानिस आएर तपाईँलाई आर्शिवाद दिइरहेको वा सुझाव दिएको छ भने त्यसको मतलव कुनै कार्यमा तपाईँलाई सफलता मिल्दैछ भन्ने संकेत हो ।

यदि कोही कुनै बिमारीका कारण मरेको हो र उ सपनामा स्वस्थ भएको देखिन्छ भने त्यसको अर्थ तपाईँको मृत परिवार जन अब ऊ खुशी र तपाईँलाई पनि खुशी रहन भनिरहेको छ भन्ने बुझ्नुपर्छ ।

स्वप्न शास्त्र अनुसार मरेका ब्यक्तिहरुले सपना आएर भनेका कुराहरुलाई सम्झने प्रयास गर्नुपर्छ किनकी कतिपयबेला भविश्यमा आउनसक्ने समस्या वा अप्रिय घटनाहरुका बारेमा पनि संकेत गर्न चाहिरहेका हुन्छन् । निद्रामा देखिएको सपना जागेपछि भुल्ने धेरैको बानी हुन्छ तर यस्ता सपनाहरुलाई वेवास्ता गर्नु हुँदैन । सपना देखिएका संकेत बारे जानकारी भयो भने आउनसक्ने परेसानीबाट बच्च सकिन्छ ।

मरेका व्यक्तिहरु सपनामा आएर यदि कुनै चिज मागिरहेको देख्नुभयो भने त्यस्तो सामाग्री आवश्यक व्यक्तिहरुलाई दान गर्नुपर्छ । यदि मरेको ब्यक्ति निर्वश्त्र, विना जुत्ता चप्पल खाली खुट्टा अथावा भोका खेखियो भने सम्बन्धित चिजको दान गर्नु जरुरी हुन्छ । यसले मृत आत्माले शान्ति पाउँछ ।

यदि सपना मृत ब्यक्ति रिसायको देख्नु भयो भने मृत व्यक्तिको नाममा विधि विधान तर्पन गर्नुपर्छ । तर कतिपय अवस्थामा भने यस्तो पनि हुनसक्छ आत्मीय साथ छुट्दा उसका यादहरु बारम्बार आइरहने भएकाले उनीहरु सपनामा पनि आएको हुन सक्छन् ।

कतिपय बेला हामी जिउँदो मान्छेलाई पनि मरेको सपना देख्छौँ । यस्तो सपना निकै शुभ मानिन्छ । स्वप्न शास्त्रका अनुसार जसको बारेमा यस्तो सपना देख्नुभयो उसको ठूलो संकट कट्नेवाला छ भन्ने अर्थ राख्छ । यसका साथै उसको आयु लम्बिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *