What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पत्रकार सुशील शर्माको निधन
काठमाडाैं । पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ। काठमाण्डूस्थित एक अस्पतालमा उनको शरीरका विभिन्न अङ्गले काम गर्न छाडेपछि निधन भएको बताइएको छ।
केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको मिर्गौलामा पछिल्लो समय समस्या देखा परेको पारिवारिक स्रोतले बताएको छ।
उनको श्रीमती र एक छोरा छन्।
बीबीसीमा डेढ दशक
शर्मा करिब डेढ दशक बीबीसी नेपाली सेवामा कार्यरत थिए। उनले बीबीसी नेपाली सेवाको प्रमुख सम्वाददाताको पदबाट सन् २०११ को नोभेम्बरमा राजीनामा दिएका थिए।
त्यसअघि उनले द राइजिङ नेपाल, द काठमाण्डू पोस्ट र स्पटलाइटमा काम गरेका थिए।
खेल पत्रकारिताबाट आफ्नो व्यावसायिक जीवन सुरु गरेका उनको खेल बिम्बयुक्त राजनीतिक विश्लेषण उनलाई नरूचाउनेहरूले पनि सुन्थे र धारणा बनाउँथे।