बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

शान्ति श्री परियारको स्वरमा ‘खोटी कर्म’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं । सर्जक कमल घिमिरेको लय, शब्द र शान्ति श्री परियारको आवाज रहेको लोक गीत ‘खोटी कर्म’ सार्वजनिक भएको छ ।
गीतलाई शुक्रबार प्रदिप अधिकारी नामक युट्युवबाट सार्वजनिक गरिएको हो ।
गीतमा कविता गुरुङको जीवन शैलीलाई जस्ताको तस्तै उतार्ने प्रयास गरिएको छ ।
भिडियो लमजुङको बेसीशहर नगरपालिका ११ चिति तिलाहरमा छायांकन गरिएको हो । भिडियोमा अर्जुन थापाले निर्देशन गरेका छन् भने स्मृति मगर, प्रितम मगर, अञ्जली अधिकारको अभिनय रहेको छ ।
लमजुङको बेसीशहर नगरपालिका ११ चितिका घिमिरे हाल रोजगारका लागि साउदी अरबमा रहेका छन् । घिमिरेको यसअघि ‘आँशु आमाको’, ‘लाहुरेकी छोरी’ लगायतका गीत बजारमा आइसकेको छ ।
प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने घिमिरेले अन्य गीतहरु जस्तै यस गीतलाई पनि माया गरिदिन आम दर्शक, स्रोतामाझ आग्रह गरेका छन् । घिमिरेको यसपछि ‘लमजुङ चिति घर’ आउने तयारीमा रहेको छ ।