केपी ओलीलाई एक मिनेट पनि सत्तामा बसिरहने तुक छैन : डा भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई एक मिनेट पनि सत्तामा बसिरहने तुक नभएको बताएका छन् । बुधबार राती ट्वीट गर्दै उनले सर्वोच्च अदालतको दुबै फैसलापछि ओलीलाई पदमा बसिरहने नैतिकता नभएको बताएका हुन् । उनले देश बचाउन ओली हटानु पर्ने पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

ओली नेपाली प्रतिगमनका खलनायक भएको उनको आरोप छ । ‘यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाककस हाल्दैछन् ! किन नबुझेको ?’ उनले ट्वीट गरेका छन् ।

‘अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाककस हाल्दैछन् ! किन नबुझेको ? #ओलीहटाऊदेशबचाऊ’

आफ्नै पार्टीका नेताहरुले ओलीसँग मिलेर सरकारमा जाने कुरा चलिरहेका बेला डा भट्टराईको यस्तो ट्वीट आएको हो । जसपाका केही नेताहरु नेकपा एमाले नेतृत्वको सरकारमा जान तयार भइरहेको भन्ने खबरहरु पनि आइरहेका बेला आएको भट्टराईको यस्तो ट्वीटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी भित्र पनि आफै निरीह जस्तै बनेका भट्टराईले प्रधानमन्त्री के पी ओलीलाई ट्वीटरबाटै भएपनि सत्तोसराप गरिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *